
काठमाडौँ, १ जेठ । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित नेकपा एमालेले जितेको छ । मेयरमा एमालेका मिठाराम अधिकारीले २७३८ मतान्तरले कांग्रेसका विनोद चालिसेलाई पराजित गरेका हुन् ।
अधिकारीले १४२५० मत ल्याएका छन भने चालिसेले ११५१२ मत पाएका छन् ।
उपाध्यक्षमा पनि एमालेकी अनिता लामा विजयी हुनुभएको छ । लामाले १४ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन । बूढानीलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आधार क्षेत्र हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे