
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षले संसद् अवरुद्ध गर्दै आएको छ।
बैठकमा सांसदहरू उठेर विरोध गरेपछि सभामुख डीपी अर्यालले सबै सांसदले एउटै विषयमा बोलिरहनुभन्दा विपक्षी दलको तर्फबाट एक जना प्रतिनिधिले धारणा राखेर बैठक अघि बढाउन आग्रह गरे। उनले संसद्को समय र मर्यादा कायम राख्न यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहको सीमा सम्बन्धी भनाइलाई लिएर प्रतिपक्षी दलहरूले यसअघि पनि पटक–पटक संसद्मा आपत्ति जनाउँदै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे