
काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा आयोजित लागुऔषधविरुद्धको सचेतना कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। जिल्ला प्रहरी कार्यालयले उनको भनाइबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न बोलाएको जनाएको छ।
कार्यक्रममा डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक दलको नभई कानुनअनुसार चल्ने संस्था भएको बताएका थिए। उनले “हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हौँ” भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नामसमेत उल्लेख गरेका थिए। उनको भनाइपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएका थिए।
डीएसपी चौधरीले आफ्नो भिडियो सार्वजनिक नगर्न आग्रह गरेका थिए। तर उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे छानबिनका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे