
एजेन्सी । अमेरिकाले इरानका केही स्थानमा फेरि हवाई आक्रमण गरेपछि खाडी क्षेत्रका देशहरूमा सुरक्षा सतर्कता बढाइएको छ। यसपछि कतारले आफ्ना नागरिक र त्यहाँ बसोबास गर्ने सबैलाई आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै, घरभित्रै बस्न, झ्याल–ढोका र सिसाका भित्ताबाट टाढा रहन तथा सरकारी निकायले जारी गर्ने निर्देशन पालना गर्न भनिएको छ।
यस्तै, बहराइन र कुवेतमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै चेतावनीका साइरन बजाइएका छन्। बहराइनले नागरिकलाई नजिकको सुरक्षित स्थानमा जान र शान्त रहन आग्रह गरेको छ।
अमेरिकी सेनाले इरानको दक्षिण र दक्षिणपूर्वी क्षेत्रमा गरेको आक्रमण स्ट्रेट अफ होर्मुज समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले भएको जनाएको छ। यो समुद्री मार्ग विश्वको इन्धन ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। पछिल्लो घटनापछि खाडी क्षेत्रमा फेरि तनाव बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे