
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ। फिफाको यो निर्णयपछि एन्फाले अन्तर्राष्ट्रिय फुटबल संस्थाको सदस्यका रूपमा पाउने सबै अधिकार गुमाएको छ।
निलम्बन अवधिभर नेपालको राष्ट्रिय फुटबल टोली र नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्। साथै, एन्फाले फिफा र एएफसीबाट प्राप्त गर्दै आएको आर्थिक सहयोग पनि रोकिनेछ।
एन्फाका पदाधिकारी तथा सदस्यहरू फिफा र एएफसीका विकास कार्यक्रम, तालिम र प्रशिक्षणमा सहभागी हुन पनि नपाउने भएका छन्।
फिफाले आवश्यक अवस्था सुधार भएमा अर्को निर्णयमार्फत जुनसुकै बेला यो निलम्बन फुकुवा गर्न सकिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे