
काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि भइरहेको वार्तामा सकारात्मक प्रगति देखिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। बुधबारको सुरुवाती कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ७६ डलरभन्दा तल झरेको छ।
लगानीकर्ताहरूले युद्धको जोखिम कम हुँदै गएको र तेल आपूर्ति फेरि सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका कारण तेलको मूल्य घटेको हो। विशेषगरी विश्वको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुजबाट तेल ढुवानी सहज बन्दै गएको समाचारले बजारमा सकारात्मक प्रभाव पारेको छ।
मिडिया रिपोर्टहरूका अनुसार, युद्धअघि जस्तै तेल व्यापार र ढुवानी क्रमशः सामान्य अवस्थामा फर्किरहेको छ। अमेरिका र इरानबीच तेलको स्वतन्त्र आवागमन सुनिश्चित गर्ने समझदारी पनि रहेको बताइएको छ।
तर, अन्तिम शान्ति सम्झौता भने अझै टुंगिएको छैन। दुवै देशबीच भएको प्रारम्भिक समझदारीलाई पूर्ण सम्झौतामा रूपान्तरण गर्न अझै करिब ६० दिन लाग्न सक्ने भएकाले केही अनिश्चितता भने कायम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे