
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदामा गएर तोकिएको समयपछि पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। त्रिविले सार्वजनिक सूचना जारी गर्दै यो अन्तिम अवसर भएको जनाएको छ।
विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएर विदेश वा अन्यत्र अध्ययन गर्न गएका तर नियमअनुसार सेवामा नफर्किएका, वा फर्किएर पूरा अवधि काम नगरेका शिक्षक तथा कर्मचारीले प्राप्त गरेको तलब–भत्ता फिर्ता गर्नुपर्नेछ। साथै उनीहरूलाई १५ दिनभित्र विश्वविद्यालयसँग सम्पर्क गर्न भनिएको छ।
सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
सरकारले पनि अध्ययन बिदा लिएर नफर्किने प्राध्यापक तथा कर्मचारीलाई कानुनी दायरामा ल्याउने तयारी गरिरहेको अवस्थामा त्रिविले यस्तो सूचना जारी गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे