
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले दिएको “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका छन्। उनले सभामुख डोलप्रसाद अर्याललाई उक्त अभिव्यक्ति कहिले हटाइन्छ भनेर प्रश्न पनि गरे।
साम्पाङले सुस्तामा भारतीय एसएसबीले अतिक्रमण गर्न खोजेको र स्थानीयलाई त्रसित बनाएको आरोप लगाए। त्यसको विरोधमा माइतीघरमा प्रदर्शन गरेका दुई युवालाई पक्राउ गरिएको भन्दै उनीहरूलाई दुःख नदिन गृहमन्त्रीसँग आग्रह गरे। उनले सिराहामा विद्यार्थीहरूको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने व्यक्तिमाथि कारबाही गर्न र टेप्पो दुर्घटनाका दोषीलाई सजाय दिई पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे। साथै, पछिल्लो समय प्रहरीको व्यवहार उदण्ड बन्दै गएको भन्दै ध्यानाकर्षण गराए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे