
काठमाडौँ । बुधबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। बैठक सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग छलफल गरी सहमति जुटाउने प्रयास गरिरहेका छन्।
यसैबीच, विपक्षी दलहरू साझा रणनीति बनाउन सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक बसेका छन्। उक्त छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीले सदनमै आएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।
यसअघि जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले उक्त विषयमा बोलेका थिए। यही कारण अहिले संसद अवरुद्ध भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे