
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकले जनपद र प्राविधिक समूहका १३ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिसपछि अब उनीहरूको बढुवा प्रक्रिया अघि बढ्नेछ ।



सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे