
काठमाडौँ । सार्वजनिक बिदा परे पनि सर्वोच्च अदालत आज र भोलि आंशिक रूपमा खुला रहने भएको छ । लगातार चार दिन बिदा परेकाले अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र सुनुवाइका लागि सेवा खुला राख्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन हुनेछ । यस अवधिमा विशेष गरी बन्दी प्रत्यक्षीकरणका निवेदन मात्र दर्ता र सुनुवाइ हुनेछ ।
अदालतले आपतकालीन न्यायिक सेवा निरन्तरता दिन यस्तो व्यवस्था गरिएको जनाएको छ । सार्वजनिक बिदा भए पनि न्याय सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले सीमित सेवा सञ्चालन गरिने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे