• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

१ घण्टा अघि
२

‘सहकारीकै नाममा रियलस्टेटको डिल’ : सपना बेचेर बने घर–गगनचुम्बी, बचतकर्ता भए कागजी हस्ताक्षरमै सीमित

२ घण्टा अघि
३

सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला

२ घण्टा अघि
४

एक विद्यालय एक नर्स कार्यक्रमका लागि बागमती प्रदेशमा २४८ विद्यालय नर्स माग

३ घण्टा अघि
५

इदले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल

३ घण्टा अघि
६

आज देशभर बकर इद मनाइँदै

३ घण्टा अघि
७

विश्वविद्यालयमा शिक्षक–विद्यार्थी अनुपात असन्तुलित, कतै विद्यार्थी शून्य त कतै १ शिक्षक बराबर ५८ विद्यार्थी

५ घण्टा अघि
८

दर्जनौँ ऊर्जा आयोजनाका वातावरणीय प्रतिवेदन स्वीकृतिविहीन

९ घण्टा अघि
९

कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

२0 घण्टा अघि
१०

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १५३५ अमेरिकी डलर पुग्ने

१ दिन अघि
११

फेसन आर्ट निर्देशक सोन्या गुरुङको नेतृत्वमा “पहाडदेखि महानगरसम्म” फेसन परियोजना सम्पन्न

१ दिन अघि
१२

के खर्बौको बार्षिक बजेट चर्चा बिच बारम्बार ,जनताको प्रत्यक्ष सरोकार रहेको स्वास्थ बिमा किन सधै संकटमा?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८३ जेष्ठ १४, बिहिबार (२ घण्टा अघि)

‘सहकारीकै नाममा रियलस्टेटको डिल’ : सपना बेचेर बने घर–गगनचुम्बी, बचतकर्ता भए कागजी हस्ताक्षरमै सीमित

  • 416 Views
  • काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ ले ७ सय ९५ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको छ। सेवानिवृत्त सर्वोच्च अदालतका न्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा रहेको आयोगले नेपालको सहकारी क्षेत्र व्यापक अनियमितता, कोष दुरुपयोग र कमजोर नियमनले ग्रसित भएको निष्कर्ष निकालेको छ।

    तीन दशकअघि मुलुकको आर्थराजनीतिको तेस्रो स्तम्भका रूपमा स्थापित सहकारी संस्थाहरूमाथि जनविश्वास ह्वात्तै घटेको आयोगको भनाइ छ। अध्ययनका लागि प्रयोग गरिएको सहकारी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) को तथ्याङ्क नै ‘अविश्वसनीय र पुरानो’ भएको पहिलो ठूलो खुलासा आयोगले गरेको छ।

    प्रतिवेदनका अनुसार, २०४८ सालको सहकारी ऐनले स्वायत्तता दिए पनि सङ्घीयता आएपछि नियमनको जिम्मा तीनै तहका सरकारमा बाँडिँदा कार्यक्षेत्रको द्वन्द्व, सूचनाको अभाव र अनुगमनको कमजोरी बढेको छ। २०८२ को अन्त्यसम्ममा ३६ हजारभन्दा बढी सहकारी दर्ता भए पनि अधिकांशमा सुशासनको चरम अभाव देखिएको छ।

    प्रमुख समस्या : नियमन निकायकै भूमिकामाथि प्रश्न

    आयोगले सहकारी दर्ता, दायरा विस्तार, शाखा सञ्जाल र एकीकरणलगायत विषयमा सहकारी विभाग, प्रदेश तथा स्थानीय निकायका अधिकारीहरूले नै ऐनको गलत व्याख्या गरेको तथ्य सार्वजनिक गरेको छ। “एकै व्यक्तिले ठूलो परिमाणमा ऋण लिएको, बोर्ड सदस्य आफैँ ऋणी बनेको, सम्पत्ति रियलस्टेटमा लगानी गरी पीडित बनाउने प्रवृत्ति बढ्यो,” प्रतिवेदनको एउटा अध्यायमा उल्लेख छ।

    प्रतिवेदन विश्लेषण गर्दा देखिने अर्को तितो सत्य : सहकारी ऐन, २०७४ ले राष्ट्रिय सहकारी नियामक प्राधिकरण (एनसीआरए) स्थापना गरे पनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा नेपाल राष्ट्र बैंक, विभाग र स्थानीय तहबीचको भूमिका मुढा बन्न पुगेको छ। आयोगले नेपाल राष्ट्र बैंकले ठूला सहकारीको अनुगमन नगर्ने, तर आवश्यकता महसुस हुँदा मात्र हस्तक्षेप गर्ने अस्पष्ट अवस्थाको आलोचना गरेको छ।

    एकीकरण र बचतकर्ताको सुरक्षा : कागजमा मात्र

    प्रतिवेदनको अर्को चुनौतीपूर्ण खण्ड सहकारी मर्जरको विषय हो। धेरै सहकारीले मर्जरलाई ‘भ्रामक लेखाजोखा लुकाउने’ माध्यम बनाएको आयोगको दाबी छ। एकै सहकारीसँग एकैपटक २४ वटा संस्था गाभ्ने उदाहरण दिँदै आयोगले भनेको छ – “फाइल उपलब्ध नभएको अवस्थामा एकीकरण पारदर्शी हुँदैन।”

    प्रतिवेदन अनुसार, निक्षेप संरक्षण कोष (डिपाजिट प्रोटेक्सन फन्ड) को व्यवस्था नहुँदा ठूला सहकारी पीडितमा परिणत भए। यसले बचतकर्ताको पैसा जोखिममा रहेको तथ्य प्रस्ट गरेको छ।

    अन्तर्राष्ट्रिय अभ्यास : रावोबैंक देखि आमुलसम्म

    नेपालको सहकारी बेथितिबाट मुक्तिका लागि आयोगले ६ ओटा अन्तर्राष्ट्रिय सफल मोडलको अध्ययन प्रतिवेदनमा समावेश गरेको छ :

    १. नेदरल्याण्डको रावोबैंक : कृषि राम्रोसँग एकीकृत, क्रस-ग्यारेन्टी प्रणाली
    २. जापानको जेन–नोह : राष्ट्रिय महासङ्घले सम्पूर्ण मूल्य शृङ्खला नियन्त्रण
    ३. क्यानडाको डेस्जार्डिन्स : वित्तीय सेवाको फेडरेटेड संरचना
    ४. भारतको सेवा बैंक : अनौपचारिक क्षेत्रका महिलालाई घरदैलो सेवा
    ५. स्पेनको मोन्ड्रागन : ठोस एकता कोष, कर्मचारीको सुरक्षा
    ६. भारतको आमुल : दूग्ध सहकारीमा तीन तहको सफल मोडल

    नेपालले यी मध्ये कुनै पनि मोडल प्रभावकारी रूपमा अनुकूलन गर्न नसकेको आयोगको स्वीकारोक्ति छ।

    तीन चरणे सुधार योजना

    आयोगले सुधारलाई छोटो, मध्यम र दीर्घकालीन गरी तीन भागमा विभाजन गरेको छ :

    छोटो अवधि (१ वर्ष): नयाँ दर्ता र शाखा विस्तारमा तत्काल रोक, जोखिमपूर्ण सहकारीको विशेष अनुगमन, विभागीय कारबाही र COPOMIS अनिवार्य।

    मध्यम अवधि (२-३ वर्ष): सहकारी ऐन संशोधन, डिजिटल लेखापालन, एनसीआरएलाई पूर्ण अख्तियारी, अनिवार्य स्थायी कोष।

    दीर्घकालीन (५ वर्ष): उत्पादन, कृषि र उद्योगसँग सहकारी जोड्ने, रोजगारी सिर्जना र सहकारीलाई सामाजिक उद्यमको रूपमा विकास गर्ने।

    आयोगको सबैभन्दा ठूलो सिफारिस भनेको – ‘जसले पनि अनियमित दर्ता, दायरा विस्तार र एकीकरण स्वीकृत गरे, चाहे त्यो सहकारी पदाधिकारी होस् वा सरकारी अधिकारी, उनीहरूविरुद्ध कारबाही हुनुपर्छ।’

    प्रतिवेदनको अन्त्यमा सहकारी विभागका प्रमुख, प्रदेश तथा जिल्ला कार्यालयका प्रमुखहरूको नामावली पनि सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यकाका डिभिजनल कार्यालयका पूर्वप्रमुखको ‘कार्यप्रक्रिया विवरण नआएको’ उल्लेख गर्दै आयोगले ‘थप अनुसन्धान आवश्यक’ भन्ने सुझाव दिएको छ।

    प्रतिवेदनले सहकारीलाई ‘नियन्त्रणको भागलाई प्रभावकारी बनाउने, सूचना प्रणाली एकीकृत गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा, बचतकर्ताको पैसालाई संस्थागत सुरक्षा दिने’ पक्षलाई प्राथमिकता दिएको छ। आयोगले यसअघिका विभिन्न समिति (खतिवडा, आर्याल, कार्की, राउत) को सिफारिस कार्यान्वयन नगरिएकै कारण सहकारी क्षेत्र यो अवस्थामा पुगेको ठहर गरेको छ। अब यो प्रतिवेदन कार्यान्वयन हुन्छ या अरू दस्ताबेज मात्रै थपिने भन्ने चासोमा अर्थ क्षेत्रका जानकारहरू टोलिएका छन्।

     

    view?usp=sharing

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
    १ घण्टा अघि

  • २

    ‘सहकारीकै नाममा रियलस्टेटको डिल’ : सपना बेचेर बने घर–गगनचुम्बी, बचतकर्ता भए कागजी हस्ताक्षरमै सीमित
    २ घण्टा अघि

  • ३

    सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला
    २ घण्टा अघि

  • ४

    एक विद्यालय एक नर्स कार्यक्रमका लागि बागमती प्रदेशमा २४८ विद्यालय नर्स माग
    ३ घण्टा अघि

  • ५

    इदले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल
    ३ घण्टा अघि

  • ६

    आज देशभर बकर इद मनाइँदै
    ३ घण्टा अघि

  • ७

    विश्वविद्यालयमा शिक्षक–विद्यार्थी अनुपात असन्तुलित, कतै विद्यार्थी शून्य त कतै १ शिक्षक बराबर ५८ विद्यार्थी
    ५ घण्टा अघि

  • ८

    दर्जनौँ ऊर्जा आयोजनाका वातावरणीय प्रतिवेदन स्वीकृतिविहीन
    ९ घण्टा अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग
    २0 घण्टा अघि

  • १०

    नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १५३५ अमेरिकी डलर पुग्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा गंगालालमा निःशुल्क भोजन वितरण

    नेपाल नक्सा
    ३

    बीमा दाबी होइन, ‘मुद्दा फाइल’ नै बढ्दै ,बीमा न्याय कि कागजी कुस्ती ?

    नेपाल नक्सा
    ४

    दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने

    नेपाल नक्सा
    ५

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

    नेपाल नक्सा
    ६

    ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution