
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाहरूको नामावली सार्वजनिक गरेको छ । मिति २०८३/०२/०५ को सचिवस्तरीय निर्णयअनुसार हालसम्म नवीकरण सम्पन्न भएका संस्थाहरूको सूची प्रकाशन गरिएको शाखाले जनाएको छ ।
मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थामध्ये नवीकरण भएका परामर्शदाता संस्थाको सूची सार्वजनिक गर्दै सेवाग्राहीलाई स्वीकृत सेवा तथा कार्यक्षेत्र पहिचान गरेर मात्रै सेवा लिन आग्रह गरिएको छ । शैक्षिक परामर्श, भाषा कक्षा, टेस्ट प्रिपरेशन तथा अन्य सेवा लिँदा सम्बन्धित संस्थाले प्रदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।
त्यसैगरी, शैक्षिक परामर्शदाता संस्थाहरूलाई पनि आफूले स्वीकृति प्राप्त गरेको सेवाको सीमाभित्र रहेर मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ । मन्त्रालयले अनधिकृत सेवा सञ्चालन, भ्रामक सूचना प्रवाह तथा नियमविपरीत गतिविधि नियन्त्रणका लागि अनुगमनलाई थप प्रभावकारी बनाइने संकेत गरेको छ ।
view?usp=sharing
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे