
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकारले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रता संविधानले दिएको अधिकार भएकाले सरकारले त्यसको सम्मान गर्ने बताए ।
उनले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई जिम्मेवारीसहितको अभ्यास हुनुपर्ने भन्दै पत्रकारहरूलाई मर्यादित भएर काम गर्न आग्रह गरे । मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलको क्षमता बढाउने, मिडिया क्षेत्रलाई स्वच्छ र जवाफदेही बनाउने तथा चलचित्र र कला क्षेत्रलाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिए ।
त्यसैगरी, सूचना प्रविधि विकास, इन्टरनेट विस्तार, डिजिटल भुक्तानी प्रणाली र दुर्गम क्षेत्रमा 4G सेवा विस्तारका लागि सरकारले काम गरिरहेको बताए । उनले आगामी एक वर्षभित्र देशभर गुणस्तरीय इन्टरनेट र मोबाइल सेवा विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी गराए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे