
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले सरकार र मन्त्रीहरू संसदप्रति जवाफदेही नभएको भन्दै लगातार तीन दिनदेखि विरोध जनाएका छन् । बुधबारको बैठकमा पनि उनले प्लेकार्ड देखाएर विरोध गरेका थिए ।
सभामुख डोलप्रसाद अर्याल ले भने उनको विरोध गर्ने शैली नियमअनुसार नभएको भन्दै चेतावनी दिएका थिए । त्यसपछि साम्पाङले आफूहरूले व्यक्तिगत नभई जनताका प्रश्न उठाएको बताएका छन् ।
उनले मन्त्रीहरू संसदमा उपस्थित नहुने, नीति तथा कार्यक्रम वा छलफलमा पनि नआउने र प्रश्नको जवाफ दिन नआउने भन्दै असन्तुष्टि जनाए । उनका अनुसार सरकारले संसद नियमावलीको भावना पालना नगरेको देखिन्छ ।
साम्पाङले सीमा समस्या, महँगी नियन्त्रण, सहकारी पीडितको रकम फिर्ता, सुकुम्बासी समस्या लगायत विषयमा सरकारसँग जवाफ माग गरेका छन् । उनका अनुसार ५–६ वटा महत्वपूर्ण प्रश्न छन् जसको स्पष्ट जवाफ चाहिन्छ ।
संसद बैठक सुरु हुनेबित्तिकै उनले निरन्तर प्लेकार्ड देखाएर विरोध गर्दै आएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे