
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की सँग जोडिएको विवादित विषय प्रतिनिधि सभामा उठेको छ । सोमबारको बैठकमा नेकपाकी सांसद पार्वती विक ले यस विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सामाजिक सञ्जालमा कार्कीबारे एक विदेशी महिलासँग सम्बन्धित व्यक्तिगत आचरणका आरोपहरू सार्वजनिक भएको उल्लेख गरिन् ।
विकले यी आरोप सत्य हुन् वा होइनन् भन्नेबारे स्पष्ट जानकारी आवश्यक रहेको बताइन् । उनले यस्ता विषयले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिन् ।
उनले आरोपबारे छानबिन गरी सत्य पत्ता लगाउन र दोषी प्रमाणित भए कानुनी तथा संसदीय कारबाही गर्न माग गरिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे