
काठमाडौँ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने बेला प्रधानमन्त्री उपस्थित नभएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो धारणा सार्वजनिक गरेको छ।
रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले प्रधानमन्त्री बैठकमा नआएको विषयलाई पुरानो परम्पराभन्दा फरक अभ्यासका रूपमा बुझ्न सकिने बताएका हुन्। बिहीबार संसद्मा बोल्दै उनले विपक्षी दलहरूले प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्छ भन्नु स्वाभाविक भए पनि अहिलेको अभ्यासलाई प्रक्रियागत परिवर्तनका रूपमा पनि हेर्न सकिने बताए।
उनले अहिले कानुन बनाउने काममा संसदभन्दा मन्त्रालय र कर्मचारीतन्त्रको प्रभाव बढी रहेको टिप्पणी गरे। सांसदहरू केवल तयार मस्यौदामा प्रतिक्रिया दिने र संशोधन हाल्ने भूमिकामा सीमित भएको उनको भनाइ थियो।
नीति तथा कार्यक्रममाथिको छलफलमा ३५ वटा विरोधका सूचना दर्ता भएका छन्। विपक्षी दलहरूले भने प्रधानमन्त्री संसद्प्रति प्रत्यक्ष रूपमा जिम्मेवार हुनुपर्ने अडान दोहोर्याइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे