
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा शनिबार दिउँसो साढे १२ बजे बैठक बस्ने तय गरिएको हो। तर बैठक कहाँ बस्ने भन्ने स्थान भने अझै तय भइसकेको छैन।
पछिल्लो समय देशको राजनीतिक अवस्था लगायत विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताएका छन्।
गत फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि एमालेको सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो। चुनावमा पार्टीको नतिजा कमजोर आएपछि ओलीमाथि नेतृत्व छाड्न दबाब बढेको थियो। त्यसपछि उनी केही समय बैठक र पार्टीका औपचारिक कार्यक्रममा कम सहभागी भएका थिए।
यसैबीच, वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीलाई भेट्न उनको गुण्डुस्थित निवास पुगेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे