
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङबिच आज बेइजिङमा महत्वपूर्ण शिखर वार्ता हुँदैछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका देशका नेताबीचको यो भेटलाई विश्वभर चासोका साथ हेरिएको छ । ट्रम्प नौ वर्षपछि तीन दिने चीन भ्रमणमा बुधबार बेइजिङ पुगेका हुन् ।
वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता (एआई), दुर्लभ खनिज निर्यात र दुई देशबीचको व्यापार असन्तुलन मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । ट्रम्पले चीनलाई अमेरिकी कम्पनी र प्रविधिका लागि अझ खुला बनाउन आग्रह गरेका छन् । उनले सी चिनफिङलाई “दूरदृष्टि भएका नेता” भन्दै आर्थिक सम्बन्ध सुधारमा जोड दिएका छन् ।
चीनले पनि अमेरिका र इरानबीचको तनाव कम गर्न कूटनीतिक पहल बढाउन चाहेको जनाएको छ । यसैबीच, इरानविरुद्ध अमेरिकाले गरिरहेको सैन्य अभियानको खर्च लगातार बढिरहेको छ । विज्ञहरूका अनुसार युद्ध, सैनिक सेवा र हतियार उत्पादन जोड्दा अमेरिकाको कुल खर्च अन्ततः १० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे