
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन् । अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूले आवेदन दिएका हुन् ।
अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र र चिन्तामणि शिवाकोटीले आवेदन दिएका छन् । त्यसैगरी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, मुकुन्दकुमार क्षेत्री, पिताम्बर भण्डारी, राजेन्द्र पण्डित, लिला ढकाल तथा कामु निर्देशक प्रल्हाद गिरीले पनि दाबी प्रस्तुत गरेका छन् । सुपरीवेक्षण विभागका निर्देशक सुवासचन्द्र घिमिरेले समेत आवेदन दिएका छन् ।
धितोपत्र बोर्डकै पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, निर्देशक विनयदेव आचार्य तथा सञ्चालकबाट पदमुक्त भएका पिताम्बर भण्डारी पनि अध्यक्ष पदको प्रतिस्पर्धामा रहेका छन् ।
यसैगरी नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, पूर्व सचिव दीर्घ मैनाली, सिन्धु विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटा, रिलायन्स लाइफका उपप्रमुख कार्यकारी अधिकृत डा. राकेश पोखरेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य तथा तत्कालीन बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईंले पनि आवेदन दिएका छन् ।
शेयर बजार सुधारको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका लगानीकर्ता पुरुषोत्तम चिमरिया ‘शिवचन्द्र डन’ले समेत बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।
त्यसैगरी विपिन कडेल, बद्री गुरागाईं, बिनोद आचार्य, झवेन्द्र कार्की, प्रकाश अधिकारी, डा. केशव श्रेष्ठ, मुक्ति अर्याल, कृष्ण आचार्य, दीपक थापा, डिमप्रसाद पौडेल, प्रविण पाण्डे, नीरजन घिमिरे, बुद्धिसागर अमगाईं, तेजप्रसाद देवकोटा, खगेन्द्र सापकोटा, डा. मनोजकुमार शाही, कृष्णराज पोखरेल, हेमन्त बस्याल, डा. शंकरप्रसाद पाठक, डा. हरिकुमार सिलवाल, विकासराज पोखरेल, नारायण सापकोटा, देवप्रसाद दाहाल, रामदेव यादव, शिवराज अधिकारी र सूर्यप्रसाद अधिकारीसहित अन्य व्यक्तिहरूले पनि आवेदन दिएका छन् ।
धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रियामा वित्तीय, बैंकिङ, बीमा तथा पूँजी बजार क्षेत्रका अनुभवी व्यक्तिहरूबीच प्रतिस्पर्धा देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे