
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। यो बैठक बिहान ११ बजेका लागि तय गरिएको थियो।
बैठकमा समितिको काम गर्ने क्षेत्र र आगामी दिनमा गर्ने कामबारे छलफल गर्ने योजना थियो। तर, अन्तिम समयमा समिति सचिवालयले सूचना जारी गर्दै विशेष कारणका कारण बैठक स्थगित गरिएको जानकारी दिएको छ।
यो समितिले मुख्य रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित विषयहरू हेर्ने गर्दछ। अहिले भने बैठक किन स्थगित भयो भन्नेबारे विस्तृत कारण खुलाइएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे