
काठमाडौँ । प्रतिनिधि सभा सभामुख डीपी अर्यालले आज विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग बैठक राखेका छन्। यो बैठक आज दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा सत्तारुढ र विपक्षी दुवै पक्षका नेताहरू सहभागी हुनेछन्। समसामयिक राजनीतिक विषय र संसदमा भइरहेका गतिविधिबारे छलफल गर्नका लागि सभामुखले सबै दलका सचेतकहरूलाई बोलाएका हुन्।
यसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन्। समग्रमा, संसदमा देखिएका विषयहरूलाई कसरी अघि बढाउने र सहकार्य कसरी गर्ने भन्नेबारे छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे