
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेर दुई लाख ९१ हजार रूपैयाँ पुगेको छ। हिजो बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार चार हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे