
काठमाडौँ । भारतको मुम्बई विमानस्थलमा आज दुई यात्रुवाहक विमान आपसमा ठोक्किएका छन्। विमानस्थलमा ट्याक्सी गर्दैगर्दा एयर इन्डिया र इन्डिगोका दुई विमानको पखेटाको टुप्पो एक–अर्कासँग ठोक्किएको हो।
नागरिक उड्डयन नियामक निकायका अनुसार एयर इन्डियाको एक विमान कोइम्बटूर जान तयारी गर्दै ट्याक्सी गरिरहेको बेला हैदराबादबाट आएको इन्डिगोको विमानसँग ठोक्किएको थियो। दुवै विमान एयरबस ए–३२० (न्यारो बडी) मोडलका हुन्। ठोक्किँदा दुवै विमानका पखेटामा सामान्य क्षति देखिएको छ।
घटनापछि दुवै विमान तत्काल पार्किङ क्षेत्रमा फर्काइएका थिए। विमानमा रहेका सबै यात्रु सुरक्षित छन् र सुरक्षित रूपमा ओरालिएका छन्। हाल विमानको प्राविधिक जाँच र मर्मतको काम भइरहेको छ। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान थालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे