
काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुन र चाँदी दुवैको भाउ उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे