
काठमाडौँ – नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने तय भएको मधेशको चुनावी सभा स्थगित भएको छ। कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले यो निर्णय गरिएको हो।
गुप्ताले जानकारी दिएअनुसार, आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिनेछ। उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै निर्वाचन आयोगको निर्णयको सम्मान गरेको छ।”
पार्टीले स्थगित गरिएको कार्यक्रमको सूचना निर्वाचन आयोगसँग समन्वय गर्दै र कानुनी ढाँचाभित्रै सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। यस निर्णयपछि कांग्रेसको मधेश प्रदेशमा हुने चुनावी तयारीमा स्थायी ढंगले असर नपर्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे