
काठमाडौ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफूनिकट केही नेताहरूसँग छलफल गरेपछि उक्त निर्णय लिएका हुन्।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै आगामी दिनमा सक्रिय उम्मेदवारका रूपमा नभई राजनीतिक अभिभावकको भूमिकामा रहने बताएका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने र सहमतिको राजनीतिमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अभिभावकीय भूमिकामा सहजीकरण गर्न आग्रह गरेपछि भट्टराई उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे