
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको नियन्त्रण लिन बल प्रयोग नगर्ने भए पनि, यो टापु अमेरिकालाई दिनुपर्ने आफ्नो माग दोहोर्याएका छन्। डाभोसमा भएको विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै उनले भने, “ग्रिनल्याण्ड लिन हामी बल प्रयोग गर्दैनौं, तर यदि अस्वीकार भयो भने अरू उपायबाट अमेरिकाले लिन्छ।”
ग्रिनल्याण्ड डेनमार्कको अर्धस्वायत्त क्षेत्र हो र यसमा अमेरिकाले पहिले नै सैन्य आधार सञ्चालन गर्दै आएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकाल २०१९ मा पनि ग्रिनल्याण्ड अमेरिकालाई दिनुपर्ने विचार अघि सारिसकेका छन्। उनी वार्ता मार्फत ग्रिनल्याण्ड प्राप्त गर्ने प्रयासमा रहेको बताउँछन् र अमेरिकी पक्षले मात्र यो टापु सुरक्षित गर्न सक्षम रहेको दाबी गर्छन्।
यस विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने कि उनी चिन्तित छैनन्। “ग्रिनल्याण्ड के हुन्छ भन्ने कुरा हाम्रो काम होइन, उनीहरूले आपसमा मिलाउनेछन्,” पुटिनले राष्ट्रिय सुरक्षा परिषद् बैठकमा बताएका छन्।
यो विवादले अमेरिकासँग डेनमार्कको सम्बन्ध र NATO को एकतालाई समेत असर पार्ने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे