
काठमाडौँ । नेकपा (एमाले) निकट युवा संघ दमकका अध्यक्ष छवि खतिवडाले पार्टी छोडेर झापा–५ का उम्मेदवार बालेन्द्र शाहको पक्षमा लागेको घोषणा गरेका छन्। हिजो रास्वपा तर्फबाट उम्मेदवारी दिएका बालेन शाहलाई अब कांग्रेस र एमालेका केही स्थानीय नेताहरूले पनि समर्थन गर्ने संकेत देखिएका छन्।
छवि खतिवडाले मिति २०८२ माघ ७ गतेदेखि राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को सबै संगठित सदस्य पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्। उनले बाँकी आफ्नो राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने र बालेन शाहको चुनावी अभियानमा पूर्ण साथ दिने जानकारी दिएका छन्।
छवि खतिवडाले आफ्नो राजनीतिक जीवनमा सहयोग गर्ने पार्टी, युवा संघ, सामाजिक संस्था, साथीभाइ, इष्टमित्र र परिवारजनप्रति आभार व्यक्त गर्दै अग्रगामी परिवर्तनको पक्षमा र समाज सेवामा सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो कदमले झापा–५ मा बालेन शाहको चुनावी अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे