
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवारसमेत रहेका बस्नेतले बुधबार सामाजिक सञ्जालमार्फत देश बनाउनेभन्दा पनि देश बिगार्ने सोच बोकेका केही व्यक्ति र समूह सक्रिय भएको आरोप लगाएका हुन्।
उनका अनुसार यसपटकको चुनावमा विकास र जनजीवन सुधारको एजेन्डा बोकेर होइन, लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि कमजोर बनाउने उद्देश्यसहित केही शक्तिहरू अघि बढिरहेका छन्। देश र जनताको जीवन परिवर्तन गर्नेभन्दा पनि सामाजिक सञ्जालको प्रयोग, प्रविधि र गलत सूचना फैलाएर सत्ता हात पार्न खोजिएको उनले बताएका छन्।
बस्नेतले साइबर माध्यमबाट फैलाइने आवाज जनताको वास्तविक भावना नभएको दाबी गर्दै भ्रम, झुट र हेरफेरमार्फत जनमत प्रभावित गर्ने प्रयास खतरनाक भएको उल्लेख गरेका छन्। यस्तो प्रवृत्तिबाट सचेत रहन र लोकतन्त्र, संविधान तथा जनताको भविष्य जोगाउन सबैले सजग हुनुपर्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे