
काठमाडौं। रवि लामिछानेमाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित सबै सक्कल कागजात झिकाउन आदेश दिएको छ।
युवराज सफललगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुलअजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ताले गरेको निर्णयसँग सम्बन्धित फाइल अदालतमा पेस गर्न भनेको हो। साथै, जिल्ला सरकारी वकिल कार्यालयबाट रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर भएका मुद्दामा अभियोगपत्र संशोधन गर्नुपर्ने कुनै नयाँ प्रमाण भए, ती कागजात पनि ल्याउन आदेश दिइएको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेसहित केही व्यक्तिविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यस निर्णयविरुद्ध रिट दायर गरिएको हो।
अदालतले दुवै पक्षको कुरा सुनेपछि थप छलफल आवश्यक ठहर गर्दै २०८२ माघ ८ गतेका लागि छलफलको मिति तोकेको छ। साथै, यो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन पनि आदेश दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे