
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । शाहले मनोनयन दर्ता गरेका छन् । सयौँ समर्थका साथमा उनी मंगलबार निर्वाचन कार्यालय पुगेका थिए । बालेनलाई ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो । समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई निर्वाचन कार्यालयसम्म पुर्याएका थिए । झापा–५ मा उनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच झापा(५ मा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे