
काठमाडौं। लामो समयदेखि शैय्या र भीड अभावका कारण आलोचित हुँदै आएको वीर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ। अब अस्पतालको आकस्मिक कक्ष ३५ शैय्याबाट बढाएर ५५ शैय्यामा सञ्चालनमा आएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले आकस्मिक कक्षमा देखिएका संरचनात्मक समस्या समाधान गर्ने उद्देश्यसहित यो विस्तार गरिएको जानकारी दिए। उनले भने, “तत्काल ५५ शैय्यामा सेवा सञ्चालनमा ल्याइएको छ र केही दिनभित्रै थप २० शैय्या थपिने योजना छ।”
सरकारी अस्पतालमध्ये पहिलो रोजाइमा पर्ने वीर अस्पतालमा आकस्मिक कक्षको चाप सधैं उच्च रहँदै आएको थियो। शैय्या अभावका कारण बिरामी र आफन्तले उपचारमा समस्या भोग्नु परेको थियो। यो विस्तारले उक्त कठिनाइ केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे