
काठमाडौँ । खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्।
बब्लु गुप्ता सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्। उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोड्नुपर्ने भएकाले उनले राजीनामा दिएको बताएका छन्। उनले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाको जानकारी गराइसकेको पनि बताएका छन्। हाल उनी जनकपुरधाममा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे