
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज आइतबार राजीनामा दिने कि नदिने भनेर निर्णयमा असमझदारीमा छन्। उनी संघीय सांसदमा उम्मेदवारी दिन चाहन्छन्, तर स्थानीय तहको पदबाट तत्कालै राजीनामा दिनु अनिवार्य नभएकाले यसबारे सोच्दै छन्।
स्रोतका अनुसार अहिलेको अनिश्चित राजनीतिक परिस्थितिका कारण—जस्तै कांग्रेस अदालत गएको र निर्वाचन सर्ने सम्भावनाको खबर—ले बालेनले राजीनामा तत्काल राख्न रोक्दै छन्। झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन यसअघि नै राजीनामा दिने योजना बनाएका थिए।
त्यस्तै, आज दिउँसो १ बजे बालेन शाह पार्टी केन्द्रीय कार्यालय पुग्नेछन्। रास्वपाका अनुसार २ बजे केन्द्रीय समितिको बैठक बस्ने छ र सो अवसरमा पार्टीले बालेनको स्वागत गर्ने तालिका पनि तय गरेको छ।
बैठकपछि बालेन शाह पार्टी सभापति रवि लामिछानेसँगै साँझ ५ बजे बुद्ध एयरको जहाजबाट जनकपुर प्रस्थान गर्नेछन्। जनकपुर भ्रमणको क्रममा उनी पार्टीका विभिन्न कार्यक्रम र भेटघाटहरूमा सहभागी हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे