
काठमाडौँ — नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीको विशेष महाधिवेशनबाट चयन गरिएको नेतृत्वसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएका छन्। सभापति थापाले बिहीबार (माघ १) आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन्।
दस्तावेज बुझाउने क्रममा सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूको पनि उपस्थिती रहेको थियो। यससँगै नेपाली काँग्रेसको नयाँ नेतृत्वको औपचारिक मान्यता प्राप्त हुने प्रक्रिया पनि अघि बढेको छ। आयोगले यस प्रकारका दस्तावेजको प्रमाणीकरणपछि नेतृत्व परिवर्तनलाई वैधानिकता दिने काम सम्पन्न गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे