
काठमाडौँ, माघ १ — नेकपा एमालेले माघ ४ गते काठमाडौँमा वृहत् चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीका सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सभाको जानकारी गराएका हुन्। उनका अनुसार माघ ४ गते दिउँसो १२ बजे भृकुटीमण्डपबाट सुरु हुने र्याली कमलादी हुँदै राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानमा पुगेर सभामा परिणत हुनेछ। सभामा करिब २० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। उक्त अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बस्नेतले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे