
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा चलिरहेका केही गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको छ। यसअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर गरिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी अभियोग अब अघि नबढाइने भएका छन्। ती जिल्लाका सरकारी वकिल कार्यालयलाई यी अभियोग फिर्ता लिन स्वीकृति दिइसकिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ। अब रवि लामिछानेविरुद्ध अदालतमा केवल सहकारी ठगीको कसुरमा मात्र मुद्दा अघि बढाइनेछ।
यो निर्णय सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा गरिएको हो। समितिले लामिछाने गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्न संलग्न देखिए पनि सहकारीबाट संगठित रूपमा पैसा अपचलन गरेर ल्याएको भन्ने ठोस प्रमाण नपाइएको निष्कर्ष निकालेको थियो। त्यसैले प्रमाण नपुगेका अभियोग हटाइएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे