
काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्ने विषयमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कारबाही गरेको छ। पार्टी निर्णय विपरीत, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि कारबाही अघि बढाइएको हो।
थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभए वैशाखमा गर्ने सहमति गरेको थियो। तर, महामन्त्रीद्वयले उक्त निर्णयमा फरक मत राख्दै विशेष महाधिवेशन आह्वान गरेका थिए। उनीहरूले बन्द सत्रको हलले गरेको निर्णय अन्तिम हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए।
पार्टी भित्र विभाजन रोक्न विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए। मंगलबार तीन चरणमा छलफल गरिएको थियो भने आज बिहान मात्र महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। यद्यपि, उक्त छलफलले पनि कुनै निकास निकाल्न सकेन।
महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिएपछि सभापति पदका लागि गगन थापाको नाम दर्ता गरिएको छ। निर्वाचन समितिले अन्य पदाधिकारीका उम्मेदवारी पनि मनोनयन भइसकेको जनाएका छन्। यस घटनापछि पार्टीभित्रको विवाद र विशेष महाधिवेशनको प्रक्रियामा अनिश्चितता कायम रहेको छ।
नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ। आयोगमा पुगेको देउवा पक्षले आवश्यक निवेदन पनि बुझाएको छ।
देउवा पक्षको पत्रमा विशेष महाधिवेशन आयोजनामा कांग्रेसले कदम नचालेको उल्लेख गरिएको छ। यस घटनापछि पार्टीभित्रको विवाद थप स्पष्ट भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे