
काठमाडौँ । भारतको हिमाचल प्रदेशस्थित एक आवासीय क्षेत्रमा सोमबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको ज्यान गएको छ। विस्फोट सो क्रममा कोठाभित्र भएको आगलागीले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का दुई परिवारका सदस्यहरूलाई हानी पुर्याएको हो।
सिद्धकुमाख–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेमा धनबहादुर विक , उनकी पत्नी कविता विक, छोरी राधा , छोरी रेणुका र छोरा राजन रहेका छन्। अर्काे परिवारमा काशीराम विक, उनकी पत्नी टीका विक , छोरी अनु र छोरा किरणरहेका छन्। यी सबै करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए र मजदुरी गर्दै आएका थिए।
स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरेको कोठाभित्रै ग्यास सिलिन्डर राखिएको थियो, जसबाट दुर्घटना भएको अनुमान गरिएको छ। विस्फोटपछि आगोले वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन्। हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकी शवहरूको खोजी र औपचारिक पहिचानको कार्य जारी छ।
घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान कार्य तीव्र रुपमा सञ्चालन गरिरहेका छन्। एकै गाउँका नौ जनाको एकैसाथ मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे