
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई इक्यान सचिवालय परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। संघको नयाँ नेतृत्वले संस्थालाई थप सुदृढ, व्यावसायिक र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सचिवालयले सफल कार्यकालको कामना गरेको हो।
अधिवेशनबाट अध्यक्षमा लक्ष्मण (एन्ड्रियु) पौडेल निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा बासुदेव दाहाल, विकल्प राज पोखरेल र गीता शिवाकोटी चयन हुनुभएको छ। महासचिवको जिम्मेवारी भवनाथ हुमागाईले सम्हाल्नुभएको छ भने सचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित हुनुभएको छ।
यस्तै, कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल चयन हुनुभएको छ। सदस्यका रूपमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित हुनुभएको छ। इक्यान सचिवालय परिवारले नवनिर्वाचित नेतृत्वले शैक्षिक परामर्श क्षेत्रको हितमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे