
काठमाडौँ । आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ, जसले पछिल्ला दुई दिनमा कुल सात हजार सात सय रुपैयाँ बढेको हो। सोमबार सुनको मूल्य प्रतितोला चार हजार ६ सय रुपैयाँले बढेको थियो भने मंगलबार थप तीन हजार एक सय रुपैयाँले वृद्धि भएको छ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ८ सय ८० रुपैयाँमा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे