
काठमाडौँ । अमेरिकी राजदूत थोम्पसन र नयाँ आगमन उप प्रमुख डिप्टी चीफ अफ मिसन स्कट उर्बमले अमेरिकन चेम्बर अफ कमर्श नेपाल को चौथो वार्षिक साधारण सभामा सहभागी भएर २०२६–२७ को लागि नयाँ अध्यक्ष र निर्देशक मण्डलको नियुक्ति सम्पन्न गरेका छन्।
सभामा बोल्दै राजदूत थोम्पसनले अमेरिकन दूतावास नेपाल र अमेरिकन चेम्बर अफ कमर्श नेपालबीचको बलियो साझेदारीलाई महत्व दिँदै व्यापार, लगानी र पारदर्शी तथा पूर्वानुमानयोग्य व्यवसायिक वातावरण प्रवर्द्धनमा रहेको सहकार्यको प्रशंसा गरेका छन्। उनले एम.सि.सि (MCC) नेपाल कम्प्याक्ट मार्फत अमेरिकी र नेपाली कम्पनीहरूका लागि रूपान्तरणकारी अवसर सिर्जना हुने र नेपाली बजारमा अमेरिकी कम्पनीहरूको प्रवेश निरन्तर जारी रहेको पनि बताएका छन्।
राजदूत थोम्पसनले नेपालले लगानी वातावरण सुदृढ बनाउन र नीति सुनिश्चिततामा दृढता देखाउन गर्न सक्ने ठोस कदमहरूमा जोड दिएका छन्। साथै, सेप्टेम्बर ८–९ का प्रदर्शनहरूको प्रभावलाई स्मरण गर्दै, उनले नेपाल र अमेरिकी व्यवसायिक समुदायको सहनशीलता र लचकतालाई उच्च मूल्यांकन गरेका छन्। यससँगै दीर्घकालीन आर्थिक वृद्धिलाई स्थिर राख्न अमेरिकी पक्षको समर्थन पुन: व्यक्त गरेका छन्।
कार्यक्रममा विभिन्न व्यवसायिक प्रतिनिधिहरू, उद्योग क्षेत्रका प्रमुखहरू र सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे