
एजेन्सी । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार, २०२५ मा विश्वभर १२८ पत्रकार मारिएका छन्, जसमध्ये आधाभन्दा बढी घटना मध्य पूर्वमा भएका थिए। महासचिव एन्टोनी बेलाङ्गरका अनुसार यो संख्या केवल तथ्याङ्क मात्र नभई, पत्रकारहरूको लागि विश्वव्यापी “रेड अलर्ट” हो।
आइएफजेका रिपोर्टअनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत जस्ता देशहरूमा युद्ध, आन्तरिक अशान्ति र सङ्गठित अपराधको क्षेत्रमा काम गर्ने पत्रकारहरू विशेष जोखिममा रहेका छन्। बेलाङ्गरले पत्रकार हत्यामा कायम दण्डहीनताले अपराधीहरूको हौसला बढाएको बताए।
सन् २०२५ को तथ्याङ्क अनुसार, विश्वभर हाल ५३३ पत्रकार जेलमा छन्, जुन पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो। प्रेस समूहले विशेषगरी प्यालेस्टिनी क्षेत्रको अवस्था प्रति चिन्ता व्यक्त गरेको छ। रिपोर्टमा उल्लेख छ कि गाजामा हमास र इजरायलबीचको युद्धको समयमा मात्र ५६ जना मिडिया पेशेवरको हत्या भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे