
काठमाडौँ । माइतीघर मण्डलामा नौ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको छ। नेपाल चिकित्सक संघको टोलीले चिकित्सकीय मूल्याङ्कनपछि केही बेरअघि डा. भुसाललाई वीर अस्पताल पुर्याएको हो।
डा. भुसाल भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनलगायत पाँच बुँदे माग अघि सार्दै अनसनमा बसेका हुन्। माग पूरा नभएसम्म अनसन नतोड्ने अडान उनले दोहोर्याउँदै आएका छन्।
यसअघि पनि स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तर उपचारपछि पुनः माइतीघर फर्कँदै अनसन जारी राखेका थिए। हिजो मात्रै माइतीघरमा फर्किएका भुसालको अवस्था आज फेरि बिग्रिएपछि चिकित्सकको सिफारिसमा अस्पताल लगिएको जनाइएको छ।
डा. भुसालको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यान दिन र अनसनका मागबारे राज्यले संवेदनशीलता देखाउनुपर्ने भन्दै अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले चासो व्यक्त गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे