
काठमाडौँ । नारायणघाट–बुटवल सडक विस्तारअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन अत्यन्तै कष्टकर बनेको छ। शीतलहरका कारण निर्माणाधीन सडक सतह चिप्लो भएपछि यात्रा जोखिमपूर्ण भएको हो। सडकमा हिलो बढ्दा ट्रक, बस तथा निजी सवारी साधन उकालोमा चिप्लिने र अड्किने समस्या देखिएको छ, जसले लामो जाम सिर्जना गरेको छ।
आयोजना कार्यालयले अत्यावश्यक बाहेकका सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे