
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि , बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्। उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न कुखुरा, बाख्रा र स्यालु ले बनाएको मोर्चाको संज्ञा दिएका छन्। मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ ।’ ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ रु मुकाबिना हुन्छ रु’ ।
उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गरे। एमाले मात्र होइन, कांग्रेस पनि छ, उनले भने, कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन(जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।ओलीले देशको कार्यकारी प्रमुख भइसकेको व्यक्तिसँग बयान लिन खोज्नु सरकारको तमासा भएको बताए। ओलीले भने( ‘यो तमासा चुनाव नगराउने प्रपञ्च हो।’
आफू प्रधानमन्त्री छँदा भएको आन्दोलनको विषयलाई लिएर अहिले छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्न खोजिएको ओलीको आरोप छ। उनले भने, ‘प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ। यो के तमासा हो त्यो रु पासपोर्ट रोक्का रे १ यो सब चुनावको वातावरण नबनाउने र बिथोल्ने खेल हो।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे