
काठमाडौँ — बैङ्किङ कसुरको आरोपमा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हाजिरी जमानीमा छुटेका छन्। विशेष सरकारी वकिल कार्यालयले शुक्रबार शेरचनलाई उपस्थित हुने शर्तमा छाडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो।
शेरचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत मङ्सिर १४ गते पक्राउ गरेको थियो। शुक्रबार उनी विशेष सरकारी वकिल कार्यालयबाटै रिहा भएका हुन्। घटनासम्बन्धी अनुसन्धान भने जारी रहने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे