
काठमाडौं — निक सिमन्स संस्थानको कार्यालयमा सम्पन्न एआईएन स्वास्थ्य कार्यसमूहको बैठकले नेपालमा सार्वभौमिक स्वास्थ्य कवरेजतर्फको यात्रा, उपलब्धि र चुनौतीहरूमा गहन छलफल गरेको छ।
बैठकमा अतिथि वक्ता डा. दीपक पौडेलले रोगभारमा देखा परेका नयाँ परिवर्तन र त्यसको समाधानका लागि सार्वजनिक स्वास्थ्य दृष्टिकोणको महत्वबारे विश्लेषणात्मक दृष्टान्त प्रस्तुत गर्नु भएको थियो। उहाँको व्यावहारिक अनुभव र उदाहरणले छलफललाई अझ प्रभावकारी बनाएको थियो।
कार्यसमूहका सदस्यहरूले स्वास्थ्य सेवाको गुणस्तर, समानता र दक्षता सुधारका उपायहरूमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो। बैठकले सबै तहमा समन्वित प्रयासमार्फत स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आह्वान गरेको छ।
बैठकले नयाँ स्वास्थ्य जोखिम, नीति निर्माण र समुदायमा स्वास्थ्य पहुँच विस्तारका उपायहरूमा साझा योजना र सहयोगको आवश्यकता औंल्याएको छ। सहभागीहरूले सर्वसाधारणका लागि गुणस्तरीय, न्यायसंगत र पहुँचयोग्य स्वास्थ्य सेवाको सुनिश्चिततामा जोड दिनुभएको थियो।
बैठकको निष्कर्षमा, एआईएन स्वास्थ्य कार्यसमूहले गुणस्तरीय स्वास्थ्य सेवा, नीति सुधार र दीर्घकालीन स्वास्थ्य लक्ष्य प्राप्त गर्न निरन्तर सहकार्य र साझा प्रयासको प्रतिबद्धता दोहोर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे