
काठमाडौँ – राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक आज बस्ने भएको छ। बैठक आइतबार बिहान ११ बजे आयोजना हुने जनाइएको छ।
संयुक्त बैठकमा विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति का सदस्यहरूको सहभागिता रहनेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग समसामयिक तथा विधायनसँग सम्बन्धित विविध विषयमा छलफल गरिने कार्यसूची रहेको छ।
बैठकमार्फत संसद्मा विचाराधीन कानुन, नीतिगत व्यवस्था तथा प्रत्यायोजित विधायनका विषयमा सरकारको दृष्टिकोणबारे जानकारी लिने तथा आवश्यक सुझाव आदान–प्रदान गरिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे